क्रिप्टोकरेन्टी नेटवर्किङको कारोबारमा संलग्नहरुको जानकारी गराउन ब्युरोको अपिल – Satabdi News

क्रिप्टोकरेन्टी नेटवर्किङको कारोबारमा संलग्नहरुको जानकारी गराउन ब्युरोको अपिल

२ फागुन, काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले क्रिप्टोको कारोबारमा संलग्नहरुको जानकारी भए उपलब्ध गराउन अपिल गरेको छ।

सीआईबीले एक विज्ञप्ति जारी गर्दै क्रिप्टोकरेन्टी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङको कारोबार संलग्नहरुका बारेमा जानकारी भएमा सूचित गर्न अपिल गरेको हो । यसका साथै क्रिप्टो, हाइपरफन्ड तथा भर्चुअल नेटवर्किङ व्यवसायमा संलग्न नहुन सीआईबीले सर्वसाधरणलाई आग्रह गरेको छ।

नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र बैंकले पटक–पटक सचेत गराएको भन्दै सीआईबीले यस्ता गैरकानुनी कार्यमा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ। ‘हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरुबारे सूचना भए उपलब्ध गराउन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टोकरेन्सी कारोबार संलग्न भए गरेको पाइए कसुरको बिगो जफत गरी तीनगुणासम्म जरिवाना वा ३ वर्षसम्मको कैद सजाय हुने वा दुवै सजाय सीआईबीले स्पष्ट पारेको छ। बिगो कायम गर्न नसकिने अवस्थामा कसुरको मात्र हेरी बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुने पनि सीआईबीले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्रिप्टोकरेन्टी नेटवर्किङको कारोबारमा संलग्नहरु..." A few seconds ago

सम्बन्धित खवर