फेसबुक मेसेन्जरको स्क्रिन सट गरेमा अर्को व्यक्तिमा नोटिफिकेशन आउने – Satabdi News

फेसबुक मेसेन्जरको स्क्रिन सट गरेमा अर्को व्यक्तिमा नोटिफिकेशन आउने

१६ माघ, काठमाडौं । सामाजिक सञ्जालमा हुने सुरक्षा प्रणाली सूचना प्रविधिसम्बन्धी सबै कम्पनीहरुलाई टाउको दुखाइको विषय बन्ने गरेको छ। त्यही भएर पनि आफ्नो ती कम्पनीहरु सुरक्षा प्रणाली दुरुस्त राख्न रातदिन घटिरहेका हुन्छन्।

यस्तैमा मेटाले फेसबुक मेसेन्जरको फिचर्समा केही परिवर्तन गरेको छ। फेसबुक मेसेन्जरमा कुरा गर्ने क्रममा स्क्रिन सट लिए तुरुन्तै अर्को व्यक्तिमा पनि नोटिफिकेशन आउने बनाइएको छ। मेसेन्जरको सुरक्षा प्रणालीलाई दुरुस्त राख्न एन्ड टु एन्ड एन्क्रिप्टेडको सपोर्ट पनि दिइएको छ।

पछिल्लो समय फेसबुक मेसेन्जरमार्फत् अपराधिक गतिविधि हुन थालेपछि मेटाले यस्तो फिचर ल्याएको बताइएको छ। त्यस्तै फेसबुकले मेसेज रियाक्सन फिचर पनि जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फेसबुक मेसेन्जरको स्क्रिन सट गरेमा अर्को व्यक्त..." A few seconds ago

सम्बन्धित खवर