लक्ष्मी राना मगर
हिजो सम्म भेटम न एक कप कफि पिम भन्नेहरु सङ्ग “आज म एकदम व्यस्त भए अर्को दिन भेटम न है, त्यही बागबजारको युनिटी फुड क्याफेमा…” यस्तै यस्तै आश्वासन दिदै स्वार्थभरी पेटको लागि अनि त्यही पापी भबिश्य भन्दै काम काम भनी बिहान बेलुका भ्याइ नभ्याइ अझ भनम हप्ताको एक दिन शनिबार पनि आफ्नो लागि नभनी दौडधुप , स्वार्थी मान्छे ! आफ्नो लागि परिवारको लागि साथीभाइहरुका लागि कहाँ थिए समय ? बस! भ्याइ नभ्याइ दौडनमै व्यस्त ।
तर आज ! मान्छेको स्वार्थ अर्कै छ सोच्दैछ “जे जे हुन् तर म बाच्नु पर्छ …” थुनिएका छौं बन्द घर भित्र आफ्नो लागि खास भनम मर्न देखि डराएका छौं मान्छेको स्वार्थको असली औकात त बल्ल देखिएकोछ गाठे !, हिजोका ती दिनहरुमा आफ्नो प्यारो मान्छेको एउटै गुनासो हुन्थ्यो “जानू कति बिजि हुन्छौं, आफ्नो लागि अनि मेरो लागि अलि कति समय निकाल न प्लिज…” परिवार भएकाहरुको पनि एउटै गुनसो हुन्थ्यो ” आज छोराछोरी को होमवर्क गराइदिनु न, आज स्कुल मा लिन जानू है बच्चालाई, आज मलाई छिटो अफिस पुग्नुछ अनि ढिला सम्म काम गर्नु पर्छ भनेर हाकिमको आदेश छ…..” कथा कति कति यो व्यस्त शहरमा, बस चढ टेक्ने ठाँउ छैन, सडक हेर जाम त्यस्तै समयमा अफिस नपुग्दा हाकिमको थर्काइ अरे ! कति व्यस्त तिमी ? न समयमा घर पुगिन्छ न समयमा खाना, त्यही खानाको लागि यति दुख गर्दा पनि कहिले काहीँ पकाएर खान नभ्याउदाको पीडा उफ ! यो शहर ।
आज हेर कहाँ गए सडक भरिने गाडिहरु, कहाँ गए मानिसको त्यो व्यस्त जिन्दगी ? अझै भनम त्यो अस्पतालका भिड, हिजो सम्म बाचीने आशामा अस्पताल पुगिन्थ्यो आज मरिन्छ कि भनेर अस्पताल जान डराउछन् । हिजोका दिनमा समय दिन नसक्दा गुनासो पोख्ने ती साथीहरुलाइ आज भेट्ने टन्न समय छ तर खै परिस्थिति? जानू पर्छ एक दिन एक्लै तर अहिले बाच्न पनि एक्लै सिकाइदेको छ, भन्दै छ “एक्लै बस साथीभाइ आफन्त सङ्ग दुरिया बडाउ रे नत्र घाट पनि एक्लै जानू पर्ला बिना मलामी …” अनि डर हुन्न मान्छेलाई ? मान्छेलाई घर भित्र थुनिदिएको छ मानौं घरको ढोकामा यमराज आएर बसेको छ ! बाच्न सिकायो यो लकडाउनले मरिन्छ कि भन्ने डरैडरमा ! अहिले हामी सङ्ग भरपुर समय छ तर परिस्थिति सङ्ग १ सेकेन्ड पनि छैन अनि त लाग्छ हिजो हामी सङ्ग समय थिएन तर हामी थियौं अहिले हामी सङ्ग समय छ हामी छैनौं दुरिया यसरी बढेकोछ हाम्रो लाग्छ दुरिया बढे पनि हाम्रो सम्बन्धले दुरिया बढाउने छैन ।