कोभिड १९ : जिबनमा केही छुटे कि ! – Satabdi News

कोभिड १९ : जिबनमा केही छुटे कि !

लक्ष्मी राना मगर
गजब छ हजुर ! यतिबेलाको कुरा गर्नु हुन्छ भने आज बिश्वमा अरु देश जस्तै नेपाल पनि लकडाउनमा छ, यति खेरका मान्छेहरु खुब फुर्सदिला भएका छन् अनि लगाब मान्छेको यहाँ सबै भन्दा बढी म जस्तै हरेक समय “कोरोना भाइरस अपडेट टेबल” हेर्ने र सामाजिक संन्जालमा एक्टिभ हुने, अर्को खाने कुराको ! खाने कुराको कुरै नगरम भो ! हरेक दिन मेरो साथीको नयाँ नयाँ खानेकुराको फोटो अपडेट अनि टिप्सको भिडियोले दिन गैराछ अनि अर्को तितो सत्य त बाँकी नै छ । फेसबुकमा पुराना फोटोहरु खोजी खोजी अपलोड गर्नुको मज्जा ! बस कटेका छन् दिनहरू, हिजो सम्म आफ्नो लागि दिन नहुनेको लागि यो लकडाउनले दिएको छ अझ भनौं आफ्नो र आफ्नो स्वास्थको लागि सबै भन्दा महत्त्वपूर्ण समय अहिले भएको छ, मर्नु पर्छ थाहा छ तर मर्न डर लाग्छ, मानौं सजिलो जीवनशैली अनि लोभ लालचको अन्त्य ।
अब कुरा गरम तिनै सामाजिक सन्जालमा देखिएका फेसबुक स्टाटस र व्यंग्यात्मक शब्दहरु ती सबै शब्दहरुमा एउटी महिलाको सबै भन्दा बढी आलोचित शब्दहरु, मेरो मानसपटलमा झट्ट एउटा शब्दले छोएको थियो “अबको ९ महिनामा नेपालको जनसंख्या बढ्ने सम्भावना भन्दै एउटी महिलाको फोटो राखेर मज्जाक बनाएको स्टाटस, अनि अर्को पार्लर बन्द भए पछि महिलाहरु कुरुप देखिए” अनि कमेन्ट थिए, त्यहाँ पुरुष मानसिकताको चलखेल, अरे के बुझ्छौं तिमी ? ९ महिना पछिको जनसंख्या बढाउने हात महिला एउटैको हुन्छ र ? यो भन्दा दरिद्र मानसिकता मैले कहि भेटेको छैन, देख्न सक्छन् तिनै दरिद्र मानसिकता भएका पुरुषले गाउँका ती बुढी आमालाई जसले ब्युटिपार्लर भन्ने नाम र काम आज सम्म सुन्नु भएको छैन उहाँहरु नै आज बिश्व सुन्दरीको नाममा कहलिएका छन् । तिमीहरुले कहिले बुझ्छौ समाज ? महिलामा हुने मजाकलाई, किन महिला पनि मान्छे हुन् उनीहरुमा पनि मानवीय समबेदनशील छ भन्ने बुझदैनौं ?
आज बिश्व कोरोनाबाट आतंकित छ, दिनप्रतिदिन मान्छेहरुमा सक्रमित हुने र मर्नेको संख्या पनि बढिरहेको छ, अती आवश्यक सामानको अभाबमा तड्पिरहेका छन् शहर गाउँ जस्तै सुनसान छ अनि रात दिन खट्ने ती नेपाल पुलिस र डाक्टर शान्ती सुरक्षामा खटिरहेका छन् त्यै पनि हामी मुर्ख जनता लकडाउनमा नेपाल पुलिसलाई नै चक्मा दिदै दौडन्छौं । उहाँहरुले हाम्रो भलाईका लागि खटिएका हुन् भन्ने मानसिकता हामीमा नभएको देखेर मन चस्किन्छ हजुर !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोभिड १९ : जिबनमा केही छुटे कि !" A few seconds ago

सम्बन्धित खवर