महोत्सवमा आज शुक्रबार प्रमोद खरेल; बेलबारी आईडल बिबस मोतेको पनि प्रस्तुति रहने – Satabdi News

महोत्सवमा आज शुक्रबार प्रमोद खरेल; बेलबारी आईडल बिबस मोतेको पनि प्रस्तुति रहने

२३ फागुन, बेलबारी । ” आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” मा राष्ट्रिय गायक प्रमोद खरेल आज शुक्रबार आउने भएको छ । महोत्सवको सातौ दिन गायक खरेलले आफ्नो चचित गीत प्रस्तुत गर्ने भएको छ। गायक खरेल आउने भए पछि दर्शकहरुको ठुलो भिड लाग्ने आयोजकको अपेक्षा रहेको छ ।

त्यस्तै आज बेलबारी आईडल बिबस मोतेको पनि प्रस्तुति रहने छ । आईडल मोतेले महोत्सवमा आफ्नो पहिले एल्बमको गीत रिलिज गर्ने भएको छ । हिजो छौठो दिन बिहिबार मेचु धिमालको प्रस्तुति रहेको थियो ।

त्यस्तै गरि मिठाईलाल ज्यादव सन्दीप क्षेत्रीले महोत्सवमा आएका दर्शकहरुलाई भरपूर हसाएका थिए । त्यसैगरी विराटचोकको स्थानिय ब्याण्ड ” नमुना ब्याण्ड ” को प्रस्तुति साथै स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

त्यसतै आज पनि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सव भोलि फागुन २४ गते सम्म चल्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महोत्सवमा आज शुक्रबार प्रमोद खरेल; बेलबारी आईडल..." A few seconds ago

सम्बन्धित खवर