आज विश्व रेडियाे दिवस, विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको एक सताब्दी पुरा भयो । – Satabdi News

आज विश्व रेडियाे दिवस, विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको एक सताब्दी पुरा भयो ।

फल्गुन १, काठमाण्डाै – आज विश्व रेडियो दिवस । बिश्वमा ब्यवसायिक रेडिवो प्रसारण सुरु गरिएको आज एक सताब्दी पुरा भएको छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सामाजिक तथा सास्कृतिक सङ्गठन युनेस्कोले सन् २०११ देखि फेब्रुअरी १३ लाई ” रेडियो दिवस” को रुपमा मनाउने घोषणा गरेको हो ।

रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ ।

नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा रेडियो सुरु भएको हो ।

सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो । यस्तै २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो ।

नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको सङ्ख्या सात सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज विश्व रेडियाे दिवस, विश्वमा व्यावसायिक रेडिय..." A few seconds ago

सम्बन्धित खवर