अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख – Satabdi News

अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख

नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले गर्न नसकेको होईन । पहिलेभन्दा धेरै भएको छ, विकास भएको छ, पर्यटकको संख्या पनि बढेको छ । त्यतिबेलादेखि अहिलेसम्म धेरै ठूलो परिवर्तन भएको छ । अहिले धेरै क्षेत्रमा पर्यटन पूर्वाधार विकास भएको छ । देशैभर पर्यटकका लागि होटल खुलेका छन् । काठमाडौंलगायत बाहिर पनि होटलको संख्या धेरै बढेको छ । पर्यटनका अरु क्षेत्रमा पनि सन्तोषजनक विकास भएको छ । तर, हाम्रो एउटै गुनासो के हो भने पूर्वधारमा चाहीं हामीले जति सोचेका छौं, त्यो गतिमा विकास हुन सकेको छैन । विदेशबाट नेपाल आउन सबैभन्दा पहिलो र सहज माध्यम भनेको जहाज हो । त्यसका लागि हाम्रो ध्वजावाहकको जहाज राम्रो हुनुपर्छ । त्यसमा अहिले विभिन्न समस्या छन् । पहिले हाम्रो ध्वजावाहक निकै राम्रो थियो । युरोप, जापान र अमेरिकासम्म उड्थ्यो । त्यसले गर्दा विश्वभरबाट राम्रा पर्यटक ल्याउन सकिएको थियो । विश्वका प्रमुख र विकसित देशसम्मै पुगेर पर्यटकलाई हाम्रै जहाजले ल्याउँदा एकतातिर हाम्रो देशको प्रर्वद्धन हुन्थ्यो भने अर्कोतिर पर्यटकलाई नि सजिलो हुन्थ्यो । यसले हामीलाई पनि धेरै फाईदा हुन्थ्यो । तर, बीचमा हाम्रो एयरलाईन्समा समस्या आयो । हामीले गुडविल गुमायौं । जतिबेला नेपाल एयरलाइन्स बलियो थियो, अरु जहाज कम्पनी पनि त्यति धेरै थिएनन् । इन्डियन एयरलाईन्स र अरु एक दुईओटा मात्रै थिए । थाई एयरवेज पहिलेदेखि नेपाल आईराखेकै हो । अरु एयरलाईन्स आएको धेरै दिन पनि भएको छैन । हाम्रै ध्वजाबाहकमार्फत आउँदा पर्यटक राम्रै थिए, त्यतिबेला । त्यसबेला भएका सेवा सुविधा, होटलले माग धान्न सकिरहेका थिए । प्रवद्र्धनको कुरा अहिले पर्यटन प्रर्वद्धनको निकै ठूलो महत्व र चर्चा छ । तर, नेपालमा यसको कुरा गरिरहँदा जति पर्यटनको विकास र देश–विदेशमा प्रचार गर्ने काम भएको छ, त्यो सबै निजी क्षेत्रले नै गरेको छ । नेपालमा जति होटल, ट्राभल एजेन्सीजलगायत अन्य पर्यटकीय व्यवसायहरु खुलेका छन्, तिनले नै नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन । विश्वभर आयोजना हुने ट्राभल फेयरहरु जस्तो आईटीभी, बीआईटीमा पनि निजी क्षेत्र पुगेकै छ । सरकारको एउटा निकायको उपस्थिति पनि हुन्छ तर निजी क्षेत्र नै हो विदेश गएर आफ्नो प्याकेज बिक्री गरेर पर्यटक ल्याउने । निजी क्षेत्रले सरकारसँग कस्तो अपेक्षा राखेको छ भने देशमा पर्यटक ल्याउन आवश्यक ‘इन्फ्रास्ट्रक्चर’ र ‘सुपर स्ट्रक्चर’ दुवै सरकारले बनाइदिओस । पर्यटकीय गन्तव्यको पहिचान सरकारले गर्ने होइन, त्यो काम निजी क्षेत्रले गर्ने हो । जहाँजहाँ सम्भव छ, जहाँ उडान हुन्छ, त्यहाँ निजी क्षेत्रले जसरी पनि पर्यटक लगेकै हुन्छ । पर्यटकको गुणस्तर अहिले पर्यटकले गर्ने खर्चमा समेत कमी आएको छ । संसारभर आर्थिक गतिविधिमा गिरावट आएको छ । धेरै यात्रुले पहिला जति खर्च गर्न सक्थे, अहिले सक्दैनन् । किनभने पर्यटक हाम्रो जस्तो देशमा आउने भनेको पैसा बचत गरेर आउने हो । यो उनीहरुको बिदाको समय हो । पैसा बचाएर बिदामा आउने पर्यटक धेरै भएकाले पनि पर्यटकले गर्ने खर्च कम देखिएको हो । त्यसैगरी नेपालमा आउनलाई हवाई भाडा साह्रै महँगो छ । अरु देशमा जान हवाइ भाडा सस्तो छ । महँगो हवाई भाडाले पनि धेरै पर्यटक यहाँ आउन नसकेको हो । जस्तो युरोपबाट थाइल्याण्ड जानु सस्तो छ, यहाँ आउन महँगो छ । त्यसले गर्दा नेपाल आउने पर्यटकमा धेरै कटौति भएको छ । पैसा बचत गरेर मान्छेले कसरी नेपाल आउन सक्छ ? उ त जहाँ सस्तो छ त्यहाँ जाने हो । त्यसैले हामीले याद गर्नुपर्ने कुरा के हो भने नेपालमा पर्यटकको बसाई कम भएको हो । अर्को कारण के छ भने भुटान धेरै चर्चित छ । भुटान चर्चित भएकाले यहाँ आएर एक रात बस्ने अनि भुटान जाने गर्छन । भुटानबाट फर्कन्छ, एकरात बस्छ । त्यसो गर्दा हामीकहाँ दुई रातको मात्रै यहाँ बसाई हुने गर्दछ । यस्तो प्याकेज नै नेपालबाट बिकिरहेको छ । यसैले मुख्य कुरा पर्यटकको गुणस्तरसँगै उनीहरुको बसाई लम्ब्याउनु हाम्रो आवश्यकता हो । पर्यटक जति धेरै दिन नेपाल बस्छ, नेपाललाई त्यति धेरै फाइदा हुने हो । गन्तव्य विकास अहिले हाम्रा पर्यटन गन्तव्य निकै सीमित र साँघुरा छन् । पर्यटकलाई घुमाउने गन्तव्य काठमाडौं, पोखरा, चितवन र केही हिमाली क्षेत्रमा मात्रै सीमित छ । हामीले अब यी सँगै थप अरु गन्तव्य पनि विकास गर्नु पर्यो । पश्चिममा बर्दिया, रारामा सेवासुविधा दिएर पर्यटक लैजान सक्यौं भने उनीहरुको बसाई लम्ब्याउन सकिन्छ । बुद्धिज्म अहिले संसारभर फैलिइरहेको छ । नेपालमा जुन प्रकारको भाषिक, साँस्कृतिक र प्राकृतिक विविधता छ, त्यो अरु ठाउँमा पाईंदैन । यो बहुपरम्परा भएको समाज हो । उनीहरुको संस्कृति परम्परा हाम्रोभन्दा धेरै फरक छ । त्यसैले यसलाई प्रर्वद्धन गर्न सक्यौं भने नेपाललाई धेरै फाइदा हुने देखिन्छ । तर, हामीले पर्यटकलाई हामीसँग यस्तो नयाँ कुरा छ नेपाल घुम्न आउ, सन्तुष्ट पारेर पठाउँछौं भन्ने विश्वास दिलाउन सक्नुपर्छ । भ्रमण वर्ष हालैमात्र औपचारिक रुपमा नेपाल भ्रमण बर्ष २०२० शुरु भएको छ । यो एउटा अभियान हो । अभियान भन्नासाथ पर्यटक थुप्रिन्छन् भन्ने छैन । अहिले नै टन्न पर्यटक आउँछन् भनेर सोच्ने र आएनन् भनेर कराउने होईन । नेपाल आउनुस् यता यस्तो राम्रो छ भन्ने विश्वास संसारलाई दिलाउनुपर्यो, सबै सजनका लागि नेपाल राम्रो गन्तब्य हो भनेर अभियान चलाउनुपर्यो । अनि सरकारले जोड दिने भनेको पूर्वाधारमा हो । विमानस्थलमा आधुनिक सेवा सुविधा उपलब्ध हुनुपर्छ । पर्यटकलाई त्यहाँ सजिलो होस, ब्यागेज कुर्नुपर्ने वातावरण नहोस, ट्राफिक जाम नहोस, घण्टौंसम्म आकाशमा होल्ड भएर बस्दा पर्यटकमात्रै होईन हामीलाई पनि डर लाग्छ । नेपालमा अहिले हामीले २० लाख पर्यटक मात्रै भनेका छौ । २० लाख भनेको केही पनि होईन । त्यो भन्दा धेरै आउँछ तर हामीले आउने ठाउँ, बस्ने र घुम्ने ठाउँ बनाइदिनुप¥यो । हामीसँग विकल्पहरु पनि प्रशस्त छन् । जनकपुर, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथजस्ता धार्मिकस्थल छन् । धार्मिक पर्यटकमात्रै आए पनि हामीसँग त्यस्ता स्थानहरु प्रचुर मात्रामा छन् । अर्को हाम्रो संस्कृति छ, विश्वसम्पदा छ, नेपालीहरु मिलनसार छन् । विदेशीलाई राम्रो व्यवहार गर्छन । त्यसैले ‘अतिथि देवो भवः’को हाम्रो भावना भने हराउनु भएन । स्वागत गर्ने जुन हाम्रो संस्कृति छ, त्यसलाई अस्वीकार गर्नुभएन । ठग्ने काम नगरौं, मोलमोलाई नगरौं, पर्यटकले घटाउन खोज्यो भने हामीले घटाउने काम नगरौं । यसले हाम्रो इमेज बिगार्छ । अहिले भ्रमण वर्षमा एकै वर्षमा २० लाख पर्यटक भित्र्याउने चर्चा चलेको छ । यसलाई पक्कै पनि सकारात्मक नै भननुपर्छ । संख्या हामीलाई चाहिन्छ, किनभने अहिले होटलहरु धेरै बनेका छन् । ती होटलहरु फरकफरक स्तरमा बनेका छन् । हामीले सबै किसिमको पर्यटक ल्याउनुपर्छ, धेरै खर्च गर्ने पर्यटक मात्रै होईन । धेरै खर्चालु पर्यटकले सेवासुविधा खोज्छ त्यो पाउने अवस्था भयो भने उ अवश्य पनि आउँछ । उनीहरुलाई हामीले बताउन सक्यौं, देखाउन सक्यौं भने आउँछ । हाम्रो हिमालमा ट्रेकिङ हुन्छ । अहिलेसम्म नेपालमा के भएको छ भने हाम्रो सगरमाथा पर्वतारोहण र ट्रेकिङले प्राथमिकता पाएको छ । त्यो गर्दा पैसावाल आउँदैनन् । पैसावाला आए पनि एक दुई जना मात्रै आउलान् । हामीले सबै किसिमको पर्यटक बोलाउन सक्यौं भने फाइदा हुन्छ । मुख्य कुरा पर्यटकका लागि हामीले दिने आतिथ्यता बाहिरबाट आयात गर्नु नपरोस, त्यता ध्यान दिन जरुरी छ । स्वस्थ प्रतिस्पर्धा हामीले होटलको दर एउटै राख्नुपर्छ । ५ तारे, ४, ३, २ र १ तारे सबैको आफ्नो–आफ्नो दर राख्नु पर्छ । एकै किसिमको दर होस, त्योभन्दा बढी लोड पर्यटकलाई पार्नु हुँदैन । ५ तारे होटलले ३ तारेको दर दियो भने ३ तारे मर्छ । अहिले ६० डलरमा ५ तारे होटलले कोठा बेचिरहेका छन । सरकारले कम्तिमा पनि यसको दर यति भनेर तोक्नुपर्छ । यदि त्यसो गरिएन भने मापदण्ड नै बन्दैन । होटलको दर तलमाथि हुँदा मान्छेहरु आउनै छाडिसकेको अवस्था छ । अहिले विदेशी चेन होटल नेपालमा आइरहेका छन्, उनीहरुको बिक्री गर्ने ठाउँ बाहिर छ । उनीहरुको सबै सोल सेक्युिरटी बाहिरै छ । उनीहरुको धेरै ठूलो क्लाउड छ, शक्ति छ । यहाँबाट हाम्रा एजेन्टहरुले मात्रै गरेर हुँदैन, सम्भव पनि छैन । त्यसैले हामीले रेट कन्ट्रोल गर्न सक्यौं भने अर्को होटल बनाउन सक्छौं । अहिले ठमेलमा राम्रा होटलहरु खुलिरहेका छन्, सानै भए पनि । बाहिरको हेरेर अहिले धेरै राम्रा होटलहरु आईरहेका छन् । त्यसैले हामीले पैसा बढाउन सक्छौं । त्यसले गर्दा के हुन्छ भने यहाँ राम्रा पर्यटक आउँछन् । यसलाई हामीले राम्रो गन्तव्य वा खर्च गर्ने ठाउँ भनेर पहिचान बनाउन सक्छौं । त्यो पहिचान दिनलाई सरकार चुकिरहेको छ । सरकारको मद्धत चाहिन्छ हामीलाई । एउटा कन्ट्रोल लेभल चाहिन्छ । यतिमा सेल गर्छौं यो भन्दा हामी तल जान सक्दैनौं, हाम्रो सेवा सुविधा यो छ भनेर हामी भन्न सक्छौं । मुलुकको अर्थतन्त्रमा १० प्रतिशत योगदान दिन हामीले आफ्नै उत्पादन दिन सक्नु पर्छ । जुन स्तरमा हामी बार्गेनिङ गरेर घट्दै आईरहेका छौं, त्यो पक्कै पनि ठीक हैन । हामीले राम्रो गन्तव्य बनाएर पहिचान दिनुपर्छ र यसका लागि आफ्नो स्टान्डर्ड पनि कायम राख्नुपर्छ । (श्रेष्ठ द्वारिकाज होटल एण्ड रिसोर्टकी अध्यक्ष हुनु । उक्त लेख चेम्बर स्मारिकाबाट साभार गरिएको हो ।) सम्बधित शीर्षकहरु पर्यटन मन्त्रालय र गैर आवासीय नेपाली संघबीच सम्झौता, बिभिन्न विमानस्थलहरुको सरसफाई गर्ने हिमपहिरोमा परेका ४ कोरियाली पर्यटकसँगै ३ नेपालीको उद्दार गर्न टानको आग्रह, खोजी तीव्र पार्न जोड पर्यटन बोर्डको सिइओ छनौट उपसमितिको बैठक शुरु, जोशी दोहोरिने सम्भावना कति ? १० अर्ब बढी लगानी रहेको सौराहाको पर्यटन संकटमा, होटल व्यवसायी पलायन हुने अवस्थामा पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै, कसले पाउँला बोर्डको बागडोर ? नाट्टामा चुनावी प्रचारमा तीव्रता, पर्यटन अनुसन्धान केन्द्र खोल्ने मिहिका समूहको घोषणा पर्यटन बर्ष नारा र प्रचारमै, पर्यटक सडकबाटै गाडी चढ्न बाध्य सिइओ छनौटको फाइनल चरणमा बोर्डमा भ्रष्टाचारको हल्ला, जोशी भन्छन, ‘मलाई बदनाम गर्न खोजियो’ फेसबूक कमेन्ट गर्नुहोस् फिचर समाचार यस कारण भयो ग्लोबल बैंकको एकै दिन ६१ करोडको कारोबार, नेप्से ७ अंकले घट्दा कारोबार डेढ अर्बमा सीमित सन् २०२० फाइभजी स्मार्टफोनको, १ अर्ब पर्सनल कम्प्युटरहरु विन्डोज १० मा सिफ्ट हुने अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ, मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा : अर्थमन्त्री विश्वकै शक्तिशाली राष्ट्रहरुको सूची प्रकाशित, अमेरिकालाई रसिया र चीनको टक्कर (सूचीसहित) विशेष उखु किसानको बक्यौता भुक्तानी नगर्ने तीनवटा चिनी उद्योगको कारोबार रोक्का ३८ कम्पनीका लगानीकर्ताले लाभांश पाउँदा बजारमा सेयर खरिद चाप, २१४ कम्पनीका लगानीकर्तालाई कहिले ? राजस्व सचिवसँग व्यवसायीको गुनासो : सरकारकै कारण हामी टाट पल्टिदैं छौं सरकारलाई शेखर गोल्छाको आग्रह, ‘नेपालको नि

Read more at: http://www.bizkhabar.com/bichar/67218.html

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन..." A few seconds ago

सम्बन्धित खवर