राजेश हमाल देउसी खेल्न उर्लाबारी आउँदैं – Satabdi News

राजेश हमाल देउसी खेल्न उर्लाबारी आउँदैं

उर्लाबारी । त्रिकाल परिवार फाउण्डेशन उर्लाबारीले बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
त्रिकाल परिवारले विहीबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमका बारेमा जानकारी गराएको हो । सामाजिक सेवा कार्यक्रम सहयोगार्थ कार्तिक १० गते देउसी भैलो कार्यक्रम गर्ने भएको संयोजक नारायण बस्नेतले जानकारी दिनुभयो । देउसी भैलो कार्यक्रममा महानायक राजेश हमालसहित चर्चित गायक गायिकाको प्रस्तुती रहने अध्यक्ष बस्नेतको भनाई छ । सबै मानिसहरु बराबर हुन भन्ने मुल नाराका साथ उर्लाबारी ८ को स्थानिय अरनिको माविको प्राङ्गणमा आयोजना गरिने कार्यक्रममा महानायक हमालसँगै गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, गायिका कविता आले, तारा लिम्बु थेबे, योजना पुरी, मनु लिम्बु र गायक भरत गुरुङको प्रस्तुती रहने त्रिकालका प्रतिनिधि इन्द्र लामाको भनाई छ । स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने उक्त कार्यक्रममा च्यारिटी देउसी भैलो कार्यक्रम गरिने त्रिकाल प्रतिनिधि नेत्र गुरुङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजेश हमाल देउसी खेल्न उर्लाबारी आउँदैं" A few seconds ago

सम्बन्धित खवर