रोलिङ क्लब धुलाबारीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा – Satabdi News

रोलिङ क्लब धुलाबारीलाई हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा

कार्तिक १६, बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप २०७८ मा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँ र रोलिङ क्लब धुलाबारी बिच भएको थियो । प्रतियोगितामा रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको छ ।

खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँका विदेशी खेलाडी पिस्टन मुतुम्वाले १६ औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेका थिए । सुरु देखि नै दबाबमा राखेको हिमालयन शेर्पाले मध्यान्तर पछि रोलिङलाई झनै दबाबमा राख्यो । रक्षात्मक देखिएको रोलिङ क्लबविरुद्ध हिमालयनका विश्वास श्रेष्ठले खेलको ५० औं मिनेटमा थप १ गोल गरेका थिए ।

दोस्रो गोल भएको लगत्तै २ मिनेट पछि हिमालयन शेर्पाका विसोन गुरुङले १ गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए ।खेलको ५७ औं मिनेटमा रोलिङ क्लब झापाका लागि ड्याडी वाम्बाले टिमका लागि सान्त्वना गोल गरे तर थप गोल गर्न नसक्दा एक गोलमै चित्त बुझाउनु परेको थियो ।

प्रतियोगितामा खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका त्रिदेव गुरुङ घोषित भए । गुरुङले नगद ५ हजार ५ सय र ट्रफि पुरस्कर पाएका थिए । उनलाई कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले म्यान अफ द म्याचको उपाधि प्रदान गरेका थिए ।

कार्तिक १५ गते मंगलबार हुने दोस्रो सेमिफाइनल खेल रारा फुटबल क्लब धनकुटा र सशस्त्र प्रहरी बलको बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रोलिङ क्लब धुलाबारीलाई हराउँदै हिमालयन शेर्पा क..." A few seconds ago

सम्बन्धित खवर