हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई बेलबारीमा भब्य स्वागत – Satabdi News

हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई बेलबारीमा भब्य स्वागत

कार्तिक ११, बेलबारी । मोरङको बेलबारी ३ का स्थानीय बासिन्दाहरुले हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई विहिबार बेलबारीमा भब्य स्वागत गरेका छन ।

बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा भेला भएका स्थानीयहरुले खेलाडीहरुलाई खादा लगाएर भब्य स्वागत गरेका हुन । स्थानीय दिलबहादुर तामाङ, शिव महतरा, पर्यटन ब्यबसायी बिजय सुवेदी लगायतले खेलाडीहरुलाई स्वागत गरेका हुन ।

बेलबारी ११ लक्ष्मीमार्गमा आजदेखि शुरु हुने चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपमा सहभागी हुन उनीहरु बेलबारी आएका हुन । खेल समयभर उनीहरु ड्रिमल्याण्ड फन प्रा.लिमा रहने ड्रिमल्याण्ड फनका प्रबन्ध निर्देशक सुष्मा आचार्य (सुवेदी) ले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई बेलबारीमा भब..." A few seconds ago

सम्बन्धित खवर