सलकपुरकी २१ बर्षिया रोजिनाको हत्या कि आत्महत्या ? – Satabdi News

सलकपुरकी २१ बर्षिया रोजिनाको हत्या कि आत्महत्या ?

असोज ०४, सुन्दरहरैँचा । सुन्दरहरैँचा वडा नं ८ सलकपुरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रोजीना गिरीको आत्महत्या नभई हतय भएको आफन्तले आरोप लाएका छन् ।

सोमबार उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका उनका आफन्तले सो दाबी गरेका हुन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले रोजी घरको आफ्नै कोठाभित्र चुकुल लगाइएको अवस्थामा मृत भेटिएको बताएका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको, बाँकी कुरा पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र भन्न सकिने उनको भनाई छ ।

उर्लाबारी नगरपालिका वडा नं ८ दुर्गापुरी माइती भएकी रोजी आइतबार बिहान सातबजेतिर आफ्नै कोठामा मृत फेला परेकी थिइन ।

आइतवार अबेरसम्म पनि रोजी नउठे पछि प्रहरीलाई खबर गरिएको र खबर पाउनसाथ प्रहरी पुगेर वडाध्यक्ष खेमप्रसाद न्यौपानेको रोहबरमा उनको फोडेको थियो । मृतकका आफन्तले माइती पक्ष नआई कोठा खोलिएकोमा आपत्ति जनाएका छन् ।

प्रहरीले भने जीवित भएको भए अस्पताल लैजान सकिने आसामा ढोका तोडिएको बताएको छ । घटनाको प्रकृति हेर्दा आधा खुट्टा बाहिर र शरीर चाहिँ बक्स पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।

सलको पासोले सिलिङ फेनमा झुण्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएका छन् ।

२१ वर्षीय रोजीको २०७७ साल असारमा सुन्दरहरैँचा ८ सलकपुरका विनोद काफ्लेसँग प्रेम विवाह भएको थियो । उनीहरूलाई भदौ ७ गते माइती पक्षले बोलाएर टिकाटाला गरिदिएका थिए । विनोद अहिले दुबईमा छन् । घरमा भने सासू र बुहारी मात्र बस्थे ।शव पोस्ट मार्टमका लागि धरानस्थित घोपा क्याम्प पठाइएको छ । पुर्वेली न्युजबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सलकपुरकी २१ बर्षिया रोजिनाको हत्या कि आत्महत्या ?" A few seconds ago

सम्बन्धित खवर