८ मार्च आज १११औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस – Satabdi News

८ मार्च आज १११औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस

                                   आज ८ मार्च १११औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्वका श्रमजिवि महिला मित्रहरुमा शुभकामना।महिलाको श्रमको मुल्यांकन र उचित पारिश्रमिक नपाएको श्रम मा लैङ्गिक विभेद गरिएको हुदा सन १९१० मा समाजवादी नेत्री क्लारा जेट्किनले कोपेनहेगनमा समाजवादीहरुको दोस्रो अन्तरास्ट्रिय बैठकबाट पारित गरि सन १९११ वाट ८ मार्च अ.श्र.म.दिवस प्रत्येक बर्ष मनाइन्छ।जुन पहिलो अन्तरास्ट्रिय श्रमिक दिवसको कार्यक्रममा रसियाकी सामाजिक जनवादी पार्टीकि प्रसिद्ध नेत्री अलेक्जेन्ड्रा कोन्लाताइले पुरुसहरुलाइ आफ्ना बालबच्चा र चुलाचौकामा सिमित कैदी रुपमा रहेका  श्रीमतीहरुलाइ ८ मार्चको सभाहरुमा पठाउन अपिल गरि।विभिन्न देसमा आन्दोलन र खवरदारी गर्ने क्रममा श्रमिक महिलाका अगुवाई नेतृहरु आक्रमणमा पनि परे। केहि कैदी जीवन पनि बिताएका थिए। रुसि अक्टोवर क्रान्तिको तयारिको क्रममा शान्ति,सुरक्षा,रोजिरोटी र जमिनको प्रमुख बिषय बनाइ सभावाट पारित गराए।
तसर्थ जर्मन समाजवादी नेत्री क्लारा जेट्किन दुबैले युद्ध पछि रसियामा भएको पहिलो ८ मार्चको प्रोग्राममा सामेल भई सोभियत युनियनको मन्त्री समेत हुनुभएकी कोलोन्ताइले लेनिन समक्ष सम्बोधन गरिन । यस दिनलाई नै संयुक्त रास्ट्रसंघले सन १९६५ मा सङ्युक्त रास्ट्रसंघको महिला अधिकार र शान्तिको दिवसको रुपमा मनाउने घोषण गरे।अत निरन्तर रुपमा यश दिवसलाइ अन्तरास्ट्रिय श्रमिक दिवसको रुपमा मनाइन्छ।

शान्ता मोक्तान तामांग
बेलबारी ११ , मोरंग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "८ मार्च आज १११औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस" A few seconds ago

सम्बन्धित खवर