बेलबारीमा साङगीतिक साँझ सम्पन्न – Satabdi News

बेलबारीमा साङगीतिक साँझ सम्पन्न

बेलबारी । बेलबारीमा उदय, मनिला सोताङ साँङगीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी वडा नं. ३ स्थित हाल निर्माणधीन रहेको ड्रिमल्याण्ड फन पार्कमा शुक्रबार साँझ कार्यक्रम सम्पन्न भएको हो ।


बेलबारी फुटबल क्लबको आयोजनामा सो साँङगीतिक साँझ सम्पन्न भएको हो । ग्रासरुट फुटबल तालिमलाई निरन्तर सञ्चालन गर्न साथै बङ्गलादेशमा फुटबल तालिममा जानका लागि सहयोगार्थ साँङगीतिक साँझ कार्यक्रम आयोजना गरिएको बेलबारी फुटबल क्लबका अध्यक्ष रसिन लामाले बताउनु भयो । साँझलाई सङ्गीतमय बनाउदै करिव सयौँको संख्यामा उपस्थित दर्शकहरूलाई उदय मनिलाले नचाएका थिए । दम्पतीले करिब ३ घण्टा सम्म आफ्नै दर्जनौ गीत प्रस्तुति दिएर मनोरन्जन गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा साङगीतिक साँझ सम्पन्न" A few seconds ago

सम्बन्धित खवर