सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निवेदक पक्षको बहस सकियो
१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक पक्षको बहस सकिएको छ । सर्वोच्च अदालत संवैधानिक इजलासमा आइतबार निवेदक पक्षको बहस सकिएपछि अब सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ । इजलासले दिएको १२ घन्टाको समयमा निवेदक पक्षका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरे । आइतबार १४ कानुन व्यवसायीले बहस गरे ।

