आज देशभर ओली सरकारविरुद्ध ५ विद्यार्थी संगठनले बिरोध प्रदर्शन गर्दै – Satabdi News

आज देशभर ओली सरकारविरुद्ध ५ विद्यार्थी संगठनले बिरोध प्रदर्शन गर्दै

१० असार, काठमाडौ । विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रर्दशन गरिने भएको हो । जसपानिकट समाजवादी विद्यार्थी युनियन, काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको विद्यार्थी संगठनले ठहर गरेका छन् ।

उनीहरूले प्रधानमन्त्रीका हरेक असंवैधानिक,अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यबाट च्यूत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

संविधानको चीरहरण गरेर दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रा न्त जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को राष्ट्रघात, कुशासन,महङ्गी र भ्रष्टाचार थोपरिरहेको उनीहरूले बताएका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज देशभर ओली सरकारविरुद्ध ५ विद्यार्थी संगठनले ..." A few seconds ago

सम्बन्धित खवर