चैत १४, उर्लाबारी । धिमाल भाषाको गीति संग्रह ल्होकाईनेको ुउर्निदोङ खेतेङसाङ लेतेङसाङु बोलको गीतको म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ ।
उर्लाबारी स्थित सुनझोडा ग्रामथान परिसरमा म्युजिक भिडियोको छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ । म्युजिक भिडियोमा जय धिमाल, कुसुम धिमाल, अञ्जली धिमाल लगायतको मुख्य भुमिका रहेको छ । सञ्जिव धिमाल र पुष्पा धिमालको गायन रहेको गितको शब्दरसंगीत सञ्जिव धिमालको रहेको छ ।
भरत धिमालले नृत्य कोरियोग्राफी गर्नु भएको म्युजिक भिडियोलाई सुवर्ण धिमालले निर्देशन गर्नु भएको छ । भिडियो नयाँ वर्षमा सार्वजनिक गरिने निर्देशक सुवर्ण धिमालले जानकारी दिनुभयो ।