माघ १८, बिराटनगर । सामाजिक अभियन्ता तथा महिला नेतृ विमला अर्यालले विराटनगरमा न्यानो कपडा वितरण गरेकी छन् । आइतबार विराटनगर–१४ जतुवास्थित गुरुकुल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा थर्मकोट सेट वितरण गरेकी हुन् ।
समाजसेवा र राजनीतिक क्षेत्रमा सक्रिय अर्यालको नेतृत्त्वमा गुरुकुलका कक्षा छ र आठ कक्षामा अध्ययनरत ३० विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको हो ।
त्यसअघि उनले शनिबार विराटनगर–११ पिचरास्थित अरुणोदय आधारभूत विद्यालयमा न्यानो लुगा वितरण गरेकी थिइन् ।
हिजो अरुणोदय विद्यालयका निम्न तथा विपन्न वर्गका ५० जना असहायहरूलाई न्यानो कम्बल वितरण गरिएको हो । उनी समाजवादी महिला सङघको प्रदेश कमिटी सचिव समेत हुन् ।