कार्तिक ०४, बेलबारी । रानीपोखरीको उद्घाटन बुधबार दिउँसो १२ बजे हुने भएको छ ।
२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाटै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।
समग्रतामा रानीपोखरीलाई जस्ताको तस्तै पुनर्निर्माण भई उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुनर्निर्माणप्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुने पनि मन्त्री श्रेष्ठले बताए ।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुनर्निर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।
तर, रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको छ । बारखरीबाट