असोज २४, बेलबारी । बलात्कारको घटना दिन प्रतिदिन बढेसंगै देशको विभिन्न ठाउँमा विरोध प्रदर्शन हुदै आएको छ । त्यस्तै मोरङको बेलबारीमा पनि बलात्कार विरुद्ध मौन प्रदर्शन गरेका छन् ।
बेलबारीका युवाहरुले पश्चिम बस स्टेसन नजिकै मौन प्रदर्शन गरेका हो । विहान करिव ९ बजे देखि १० सम्म भएको उक्त प्रदर्शनमा विद्यार्थी, युवाको उपस्थिति रहेको थियो ।
“समाजमा बलात्कारको घटना दिन प्रतिदिन बढे संगै आज शनिबार नेपाल भरि सबै विद्यार्थी, युवा मिलेर मौन प्रदर्शन गरेका हौ । प्रदर्शन बेलबारीमा नभएर विराटनगर, ईटहरी, धरान, दमक लगायत देशको सबै ठाउँमा एक साथ भएको छ । हामीले सके सम्म सबैले कालो कपडा लगाएर सरकार र सरोकारवालाहरुलाई खबदरी गरेका हौ ।” कार्यक्रम संयोजक रोजिना भट्टराईले शताब्दी न्युजलाई बताए ।
यस्ता प्रकृतिका घटनाहरुले दिनप्रति दिन महिला दिदी बहिनीहरु असुरक्षित हुँदै गएको हुदा र सरोकारवला निकायले यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन एव सरोकारवला निकायले ध्यान दिनु पर्ने नेता विपिन आचार्य बताउँछन् ।