कृषी गरेर आफैमा आत्मनिर्भर बनौं – Satabdi News

कृषी गरेर आफैमा आत्मनिर्भर बनौं

निकेत लाल कर्ण

नेपाल एक कृषिप्रधान देश भएको कुरा हामी सबैमा अवगत नै छ । मानवको तीन वटा मुल आवश्यकता भनेको गास, बास र कपास हुन । तर के यो मुल आवश्यकतामा हामी आत्मनिर्भर छौ त ? नुन, तेल, आलु, प्याज, धान, गहु र हरेक वर्ष टनको टन खाद्यान्न आवत हुन्छ नेपालमा । तर यसको विकल्प के ? कृषिप्रधान देशमा के यो अवस्था सधै थियो त ?
करिब ३ दशक अगाडि हाम्रो बाली(धान, गहु, मकै, आलु इत्यादि)ले नेपाल मात्र होइन, भारतको बिहार लगायतका अन्य ठाउँमा समेत पठाउने गरिथ्यौं । महोत्तरी जिल्लाको मठियानि बाट यो व्यापार संचालन हुने गर्थ्यो । दिल्ली, हरियाना, बिहार लगायतका व्यापारी बाली लिन हरेक वर्ष यहा आउने गर्थे । बिगतमा यति धेरै कृषिमा निर्भर भएको देशले किन आज अरुको देशको परनिर्भर हुन पुग्यौं त ?

अरु देशको बालीमा निर्भर रहनुको प्रमुख कारणहरु मध्ये जनशक्ति विदेशिनु पनि एक हो । अन्य कारणहरुमा कृषिमा क्रान्ति हुन नसक्नु । ठाउँ ठाउँमा सिचाइको राम्रो व्यवस्था नहुनु । बाधको कमीले बाढीले बालि नास गर्नु आदि कारण रहेका छन।

बर्षको ३ वटा बाली दिने खेतहरुमा आज दुइ वा एक बाली मात्र हुने गर्दछ । जो दु:खद कुरा हो । यस्तैै हेर्ने हो भने नेपालमा बढी मात्रामा भारतीय र चिनियाँ बालीको व्यापारले ओगटेको छ तर नेपाली किसानको लागि राम्रो बजार बन्न सकेको छैन । उत्पादन गरेको कतिपय बाली वा तरकारीहरु सडक नभएकोले किसानले बजार सम्म पुर्याउन सकेको छैन । । नेपालमा कति खेति योग्य भुमि छ र कतिमा खेति भईरहेको छ ? कत्तिलाई बजार ब्यबस्थापन गर्न सकेको छौं कुनै तथ्यांक सरकारसंग छैन ।

कृषकलाई इज्जत, कृषिमा आधुनिकीकरण, सहुलियत ऋणको ब्यबस्था, हरेक वाड-वाडमा स्थानीय सरकारको तर्फबाट आधुनिक उपकरण बितरण, समयमै मलको सहि ब्यबस्थापन, ३ बाली सम्बन्धि किसानलाई तालिमको ब्यबस्था, सरकारी वा गैर सरकारी स्तरबाट सहि बजारको ब्यबस्थापन, किसानको महिनेत बमोजिमको फल पाउने ब्यबस्था, बाधको ब्यबस्थापन, इत्यादि समस्याहरुको समाधान राज्यले गर्न सकेको बालीमा देश आफैमा आत्मनिर्भर बन्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कृषी गरेर आफैमा आत्मनिर्भर बनौं" A few seconds ago

सम्बन्धित खवर