के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ? – Satabdi News

के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ?

मेयर ज्ञानेन्द्र सुबेदी ज्यु,
के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ?

‘गाउँ तथा नगर सभाका सदस्यहरुको सुबिधा सम्बन्धी ऎन २०७५ को दफा (३) सुबिधाको उपदफा (३) मा नगरपालिका/गाउँपालिकाको हकमा प्रमुख/उपप्रमुख/उपाध्यक्षले नगर/गाउँपालिकाको राजस्व र आन्तरिक आय एब कार्यालयको कार्य बोझ समेतलाई ध्यानमा राखी कार्यपालिकाको निर्णय वमोजिम १ जना कर्मचारीलाई निजी सचिबको रुपमा राख्न सक्नेछ ।’ भनी स्पष्ट ऎनमा ब्यबस्था गरिएको छ ।

मेयर ज्यु,
तपाईं आफै सरकारको प्रतिनिधित्व भएर, सरकारले नै बनाएको ऎन बिपरित १ जनालाई दिने निजि सचिबको सेवा सुबिधा अलवा ५ जनालाई दिने अधिकार कहाँ, कसले दियो ? स्थानीय सरकारको गरिमामय प्रमुख पदको हैसियतलाई बचाउने कि मार्ने ? बेलबारीनगरबासीको प्रश्न ? के कानुन, ऎन भन्दा माथि बेलबारी नगरप्रमुख हो ? १ जनाले लिने सेवा सुबिधाको ठाउँमा ५ जना लिने र दिने नीतिगत भष्ट्राचारी भागीदार उत्तिकै छ ।

कानुनको सिद्दान्त भनेको सबैलाई समान न्याय दिने हो । र कानुनको पालना गर्नु सबै नागरिकको दायित्व पनि हो । तर कानुनको अवज्ञा गर्नु अपराध हो । अब सवाल रह्यो हामी अपराधी बन्ने कि ? कानुनको पालना गर्ने कुशल अभिभावक/नागरिक ?

मेयर ज्यु,
फेरि पनि शक्तिको आडमा कानुनको अवज्ञा गर्दै मनपरी ढंङगले नीतिगत भष्टचार गर्ने हो भने गायक पशुपति शर्माको गीतले कालन्तर सम्म प्रश्नय पाईरहन्छ, कालन्तर…

‘लुटन सके लुट कान्छा, लुटन सके लुट,
अरु देशमा पाईदैन, नेपालमै हो छुट !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ?" A few seconds ago

सम्बन्धित खवर