"राम" नामको मानक मात्रले देश चल्दैन; साहित्यकार राजन मुकारुङ – Satabdi News

“राम” नामको मानक मात्रले देश चल्दैन; साहित्यकार राजन मुकारुङ

साउन १, काठमाडौ । निजी अस्पतालहरूले त कोरोनाको सुरुवातमै गेटबन्द गरेर आफ्नो कुरूप अनुहार देखाएकै हुन् । निजी मिडिया हाउसले पत्रकार कर्मचारीको जागिर खोसेकै हुन् । यातायात व्यवसाय र सपिङ मलहरूमा चाबी बुझाउने आन्दोलन चलेकै छ ।

यतिबेला निजी विद्यालयहरू “अनलाइन कक्षा” बन्द गर्ने, शिक्षक-कर्मचारीहरूलाई बेतलबी बिदा दिने (निकाल्ने) निर्णयमा आइपुगेका छन् । अरू निजी क्षेत्रतिर झनै कस्तो भैरहेको होला ? अनुमान मात्रै गर्दा पनि कहाली लाग्छ । चार महिनामै यतिका हा-हाकार हुने र रोइलो गर्नुपर्ने तहमा हामी कसरी र कसले गर्दा आइपुग्यौं ? हामी सिधा उत्तर दिन्छौं “सरकार” ।

जरूर, सरकारी रबैया कुनै पनि हालतमा सही र सह्य छैन । जसको जति विरोध गरे पनि पुग्दैन । “राम” नामको मानक मात्रैले मुलुक चल्दैन भन्ने सामान्य हेक्का समेत नरहेकाहरूसित अरू धेरै आशा पनि गरिन्न । तर, आफू उच्चत्तम सुविधा सम्पन्न छु, हुँ भनेर दम्भिलो हाँक दिने निजी क्षेत्रसँग भैपरी आउने बिपतका विरुद्ध भिँड्ने व्यवस्थापन भने शून्य रहेछ, निम्नत्तम जगेडा पनि रहेनछ । यो झनै झूर कुरा हो । यिनका “हाँक” त केवल दलाली मात्रै रहेछ भनेर प्रस्ट भैहाल्यो ।

स्रोत; विचार मुकारुङको फेसबुकबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“राम” नामको मानक मात्रले देश चल्दैन..." A few seconds ago

सम्बन्धित खवर