जेठ २९, उर्लावारी । उर्लावारी–३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामकरण गर्न प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीयवासीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाएका छ ।
बुधवार बसेको प्रदेशसभामा मन्त्री राईले मदन भण्डारी अस्पताल नामकरणको बिषयमा पक्ष विपक्ष नहुन आग्रह गरेका थिए । बिहीबार राईको पुत्ला जलाउदै स्थानीय युवाहरूले प्रदेश सरकारले नामकण गर्न नहुने बताएका छन् ।
स्थानीय युवाहरूले प्रदेश सरकारलाई मङ्गलवारे अस्पतालकै नाममा बजेट ल्याउन माग गरेर सम्बन्धीत निकायलाई ध्यानाकर्षण पत्र बुभाएका थिए ।
प्रदेश सरकारले अस्पताललाई ५० शैया बेड सहिमा स्तरोन्नतीको लागि प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । २०४९ सालमा स्थापना भएको मंगलबारे अस्पतालमा १५ शैया मात्र थियो ।
स्थानिय युवा रुपेश तामाङले प्रदेश सरकारलाई नाम परिवर्तन गर्ने नीति तथा कार्यक्रम सच्चायउन माग गरेका छन् । उनले अस्पताल कुनै पार्टी र व्यक्ति विशेष नभएकाले प्रदेश सरकारको यो नीतिले सबैको गौरव र प्रतिष्ठा रहेको अस्पतालको नाम बदलेर कुनै राजनीतिक नामाकरण नगर्न आग्रह गर्दै प्रदेश सरकारको यो कदमप्रति भर्त्सना गरेका छन् ।
अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको छ । प्रदेश सरकारले अस्पताललाई ५० शैया बेड सहित स्तरोन्नतीको लागि सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । २०४९ सालमा स्थापना भएको मंगलबारे अस्पतालमा १५ शैया मात्र थियो ।