१८ बैशाख, बेलबारी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभूषण “ ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड” दिने भएको छ ।
नेपालस्थित जापानी दूतावासका अनुसार जापानले यो वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ पौडेललाई दिइने निर्णय गरेको हो ।
जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने उच्च सम्मानमध्ये सो सम्मान पनि एक हो । पौडेललाई नेपाल(जापान सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सो सम्मानको सो अवार्ड दिइएको दूतावासले जनाएको छ ।
पूर्व सभामुख पौडेलले नेपाल(जापान संसदीय मैत्री संघ) गठन गरेर सांसदहरुबीच अनुभव साटासाट गर्न भूमिका खेलेको भन्दै जापानले सो अवार्ड दिएको दूतातावासले जनाएको छ । पौडेल सो संघका संस्थापक हुन् ।