संविधान संशाेधनका लागि प्रधानमन्त्री तयार नभए समर्थन फिर्ता लिने : बरिष्ठ नेता अशोककुमार राई – Satabdi News

संविधान संशाेधनका लागि प्रधानमन्त्री तयार नभए समर्थन फिर्ता लिने : बरिष्ठ नेता अशोककुमार राई

२८ मंसिर, उर्लाबारी । समाजवादी पार्टिका वरिष्ट नेता अशाेक राईले संविधान संशाेधनका लागि प्रधानमन्त्री तयार नभए सरकारलाई दिएकाे समर्थन फिर्ता लिने बताउनु भएकाे छ ।
शनिबार उर्लाबारी स्थित धिमाल परियाेजना स्थलकाे सभाहलमा भएकाे अगुवा कार्यकर्ता भेला तथा पार्टि प्रवेश कार्यक्रममा बाेल्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । प्रधानमन्त्रीसँग गम्भिरता पुर्वक छलफल गर्ने र संविधान संशाेधनका लागि तयार नभए समर्थन फिर्ता लिनुकाे विकल्प नरहेकाे बताउनुभयाे । पहिचान सहितकाे संघियता प्राप्त गर्ने कुरा सहज नभएकाे बताउनु हुँदै मुलुककाे समृद्धिका लागि १०+१ प्रदेशकाे विकल्प नरहेकाे बताउनुभयाे । कार्यक्रमका विशिष्ट अतिथि तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले राज्य सत्ता परिवर्तनका लागि पहिचान पक्षधर एक हुनुकाे विकल्प नरहेकाे बताउनु भयाे । कार्यक्रममा केन्द्रीय सदस्य लाेकसागर साम्बा, देउकुमार नेम्बाङ, संघीय परिषद सदस्य रामकाजी राई, प्रदेश सदस्य तथा राजवंशी स्वायत्त क्षेत्र समितिका अध्यक्ष तुलसी राजवंशी लगायतले सम्बाेधन गर्नु भएकाे थियाे । कार्यक्रममा केन्द्रीय सदस्य भक्त खेवाङ, उमेश थापा, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य अरुण कुलुङ राई, प्रेस नेपालका केन्द्रीय सदस्य अशाेक गुरुङ, समाजवादी युवा संघका प्रदेश सदस्य अमिर मगर लगायतकाे उपस्थिति रहेकाे थियाे । धिमाल स्वायत्त क्षेत्र समितिका अध्यक्ष बाङ्गाई धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समितिका महासचिव केदार धिमालले स्वागत गर्नु भएकाे थियाे । कार्यक्रममा ५० भन्दा बढि नेकपा र काङ्ग्रेस परित्याग गरि समाजवादीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संविधान संशाेधनका लागि प्रधानमन्त्री तयार नभए स..." A few seconds ago

सम्बन्धित खवर