साहित्यिक पत्रिका रचना र म्युजिक भिडियाे सार्वजानिक – Satabdi News

साहित्यिक पत्रिका रचना र म्युजिक भिडियाे सार्वजानिक

२३ पुस, बेलबारी । बेलबारी/ साहित्यिक रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गितकाे म्युजिक भिडियाेकाे एक कार्यक्रमकाे बिच सार्वजानिकिकरण गरिएकाे छ ।

शुक्रबार बेलबारी नगरपालिकाकाे सभा हलमा एक कार्यक्रमका बिच रचना पत्रिका बेलबारी विशेषाङ्क र बालक गुरुङद्वारा रचित गितकाे म्युजिक भिडियाेकाे सार्वजानिकिकरण प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गर्नु भएकाे हाे । कार्यक्रममा बाेल्नु हुँदै प्रमुख अतिथि राईले बेलबारीकाे भाषा, साहित्य र संगितकाे क्षेत्रमा एउटा विशिष्ट कार्य भएकाे बताउनुभयाे । बेलबारीकाे भाषा, साहित्य, कला, सँस्कृतिकाे अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि बेलबारी प्रज्ञा प्रतिष्ठानकाे गठन भएकाले साेहि क्षेत्रमा उत्कृष्ट कार्य हुने अपेक्षा गर्नु भयाे ।

“रचना” पत्रीकामा ४८ जना बेलबारीका सर्जकहरुद्वारा लेखिएको लेख रचनाहरु समावेश गरिएको रचना साहित्यिक पत्रीका बेलबारी विशेषाङ्क १७९ का सम्पादक ईरान राईले जानकारी दिए । विगत ६२ वर्ष देखी भाषा तथा साहित्यको प्रवर्धन गरिरहेको दुई महिने साहित्यिक पत्रीका “रचना” को प्रधान सम्पादक रोचक घिमिरे रहनु भएकाे छ ।त्यस्तै बालक गुरुङको “मोरङ जिल्ला बेलबारी नगर” बोलको गीतमा राजेश पायल राईको स्वर रहेको छ भने भिडियो गीतमा बेलबारीको समग्र बिषय वस्तुहरुलाई समेटिएको छ ।

बेलबारी प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक राेचक घिमिरे, वरिष्ट साहित्यकार तथा पुर्व संसद हर्कमान तामाङ, संविधानसभा सदस्य तथा साहित्यकार मधु गुरुङ, साहित्यकार तथा अन्वेषक अनिल पाैडेल विशिष्ट अतिथि रहनु भएकाे थियाे । त्यस्तै वरिष्ट साहित्कार ईरानराई, स्रष्टा समाज, बेलबारीका अध्यक्ष जेवी थुलुङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकाली, गितकार बालक गुरुङले समेत मन्तव्य राख्नु भएकाे थियाे । बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत तथा कार्यक्रमकाे ओैचित्यबारे उपाध्यक्ष अजितकुमार धिमाल, धन्यवाद ज्ञापन उपाध्यक्ष हिमांशु राय र सचिव कुलप्रसाद बरालले कार्यक्रम सन्चालन गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "साहित्यिक पत्रिका रचना र म्युजिक भिडियाे सार्वज..." A few seconds ago

सम्बन्धित खवर