जेठ ०८, धरान । धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र तर्फका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । उनले २० हजार ८ सय २१ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका किशोर राईलाई ४ हजार ७ सय ६३ को फराकिलो मतअन्तरले जित हासिल गरेको हो । प्रतिद्धन्दि राईले १६ हजार ५९ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम वेघा २० हजार ५ सय १० मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका नेता पदमप्रसाद लिम्बूलाई पराजित गरेका छन । लिम्बुले १७ हजार ६ सय ६ मत ल्याएका थिए ।