विद्युतीय सवारी साधनको बिक्री एक वर्षमै बढ्यो १०९% – Satabdi News

विद्युतीय सवारी साधनको बिक्री एक वर्षमै बढ्यो १०९%

३ फागुन, काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधन (इभी) को बिक्रीमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२१ मा मात्र विश्वभर ६५ लाख वटा विद्युतीय सवारीसाधनको बिक्री भएको एक तथ्यांकले देखाएको छ । बजार अनुसन्धान गर्ने कम्पनी ‘क्यानलिस’ का अनुसार सन् २०२० को तुलनामा इभीको बिक्री १०९% ले वृद्धि भएको हो । टेस्लाले मात्र विश्व इभी बजारको १४% हिस्सा ओगटेको छ । जुन सबैभन्दा धेरै हो ।

बिक्री भएका कुल विद्युतीय सवारीसाधनमध्ये ८५% चीन र युरोपका ग्राहकहरुले खरिद गरेको तथ्यांकले देखाएको छ । यता, अमेरिकामा भने माग बढ्दै गएपनि सन् २०२१ मा बिक्री भएका सबै कारहरुको ४% हिस्सा मात्र विद्युतीय कारले ओगटेका थिए । करिब ५ लाख ३५ हजार युनिट मात्र विद्युतीय कार बिक्री भएका हुन् ।

चीनमा भने विद्युतीय सवारीसाधनमा आकर्षण तीब्र गतिमा बढेको देखिएको छ । गत वर्ष चीनमा मात्रै ३२ लाख युनिट इभी बिक्री भएका छन् । जुन सन् २०२० को तुलनामा २० लाख युनिट धेरै हो । चीनमा पछिल्लो समय हरेक महिना नयाँनयाँ मोडलका इभी सार्वजनिक हुने गरेको अनुसन्धानकर्ता कम्पनीले जनाएको छ । इभीका लागि युरोपमा पनि माग उच्च देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विद्युतीय सवारी साधनको बिक्री एक वर्षमै बढ्यो १०९%" A few seconds ago

सम्बन्धित खवर