इटहरी नगर प्रहरी नायब निरिक्षकमा पदोन्नति भएका जेवि राईलाई सुम्निमा संघले गर्यो सम्मान – Satabdi News

इटहरी नगर प्रहरी नायब निरिक्षकमा पदोन्नति भएका जेवि राईलाई सुम्निमा संघले गर्यो सम्मान

-अर्जुन राई अपहेलित

१८ असोज, इटहरी । किरात राई सुम्निमा संघ इटहरी प्राकास ५/७ ले जेवि राईलाई सम्मान गरेको छ ।

आज (सोमबार) किरात राई यायोख्खा इटहरी ५र७ को भवनमा एक कार्यक्रमको आयोजना गरि इटहरी उपमहानगर प्रहरी नायब निरिक्षकमा बढुवा भएका राईलाई सम्मान गरेको हो ।

किरात राई यायोख्खा प्रारम्भिक कार्य समिती इटहरी ५/७ का अध्यक्ष सागर राईको प्रमुख आतिथ्यता उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

शुभकामना मन्तव्यको क्रममा बोल्दै प्रमुख अतिथि सागर राईले राज्यको हरेक निकायमा किरात राई हरुको उपस्थिति छ भन्ने उदाहरण जेवि राईको सफलता भएको उल्लेख गरे ।

उनले एउटा माइतिको सफलतामा चेलीले गर्नु पर्ने उच्च सम्मान रुपमा कार्यक्रमले अर्थ राखेको समेत बताए ।

सम्मानित व्यक्तित्व जेवि राई किरात राई यायोख्खा प्राकास इटहरी ५र७ का सचीव हुन् ।

विगत २५ वर्ष देखि निरन्तर नगर प्रहरीको सेवामा लागेका राई गत जेष्ठमा इटहरी नगर प्रहरी नायब निरिक्षकमा बढुवा भएको हुन् ।

यायोख्खामा सक्रिय रुपमा लागि परेका राईको उक्त सफलता प्रती शुभकामना सहित सम्मान साथै मायाको चिनो समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै सम्मानित व्यक्तित्व जेवि राईले आफूले यति सम्म समय सेवा अवधीबाट प्राप्त उपलब्धिलाई सम्मान गरेको प्रती सुम्निमा संघलाई धन्यवाद व्यक्त गरे ।

यसरी आफू सम्मानित हुँदा गर्व महसुस गरेको उल्लेख गर्दै राईले समय र अवस्थाले साथ दिएसम्म किरात राईहरुको भाषा, धर्म संस्कार संस्कृती संरक्षणमा लागीरहने प्रतिवद्दता व्यक्त गरेका छन् ।

सुम्निमा संघ इटहरी ५/७ उपाध्यक्ष निर्मला राईको अध्यक्षता सम्पन्न सम्मान कार्यक्रममा सुम्निमा संघको संस्थापक अध्यक्ष बच्चु राई, किरात राई यायोख्खा सुनसरी सदस्य यलम हाङ राई, आयोजक पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इटहरी नगर प्रहरी नायब निरिक्षकमा पदोन्नति भएका ..." A few seconds ago

सम्बन्धित खवर