२६ भाद्र, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो को १ क ४१२ नम्बरको लोडर भीरबाट सय मिटर तल खस्दा सहचालक खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विश्वकर्माको मृत्यु भएको हो ।
जोगमुनी–किमाथांका नाका निस्कने कोसी राजमार्ग निर्माणमा प्रयोग भएको लोडरको सहचालक विश्वकर्माको उक्त दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
विकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



