जेठ १, बेलबारी । बेलबारीमा नगरपालिका वडा नं १० का एक महिलाको कोरोनाका कारण शनिबार दिउसो मृत्यु भएको छ ।
नोबेल शिक्षिण अस्पताल विराटनगरमा उपचाररत ६० बषिया महिलाको मृत्यु बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जनाएको दिएको छ । उनलाई गत बैशाख २७ गते परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
यो संगै बेलबारीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । बेलबारीमा संक्रमितको संख्या १६० भन्दा बढी रहेको छ ।