नेपाली वेब सिरिज 'ब्रह्माण्ड'को टिजर सार्वजनिक – Satabdi News

नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक

७ भाद्र, काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ ।

टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक गरिएको छ ।

ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निमार्ण पक्षले जनाएको छ ।

एकेडेमीले सिरिज निर्माणको थालनी गरेसँगै नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज भनेर चर्चा समेत हुन थालेको छ ।

आठ भागमा निमार्ण भएको यो ब्रह्माण्ड सिरिजको प्रत्येक भाग एकएक घण्टाको हुने छ । रियाज नाटक्कार यसका निर्देशक हुन् भने सागरराज आचार्य कार्यकारी निर्माता हुन् । एकेडेमीका सिईओ प्रकाश पुरी सिरिजका क्रिएटिव प्रोड्यूसर हुन् ।

पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय रहेको छ । सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दैछन् ।

सार्वजनिक टिजर हेर्दा विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुने सम्भावना रहेको छ ।

यस्तै, केही समय अघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामक साइको थ्रीलरे सिरिजको टिजर सार्वजनिक गरेको थियो ।

Nepali Teaser: https://www.youtube.com/watch?v=q-o3AE7PwgA
English Teaser: https://www.youtube.com/watch?v=Mgm1W1fFcv0
Hindi Teaser: https://www.youtube.com/watch?v=WevGcudWurQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’को टिज..." A few seconds ago

सम्बन्धित खवर