राजेशपायल राईको गीत ‘जानु ए जानु’ म्युजिक भिडियो सार्वजनिक – Satabdi News

राजेशपायल राईको गीत ‘जानु ए जानु’ म्युजिक भिडियो सार्वजनिक

२३ साउन काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन् । नवनारी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ ।
निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ ।

संगीतकार विनोदका यसअघि ‘रात पनि दिन हुन्थ्यो’, ‘तिम्रा हजार गल्ती’, ‘औला गन्दैछु’, ‘बाटोमा हिँड्दा देखेको उनीलाई’लगायतका गीत चलेका गीतमा पर्छन् । उनका झण्डै ३० गीत युट्युबमा रिलिज भइसकेका छन् । उनले स्वदेश गान तथा भजन गीतमा पनि स्वर दिएका छन् । उनले ‘जानु ए जानु’ गीत चार वर्षपछि बजारमा ल्याएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजेशपायल राईको गीत ‘जानु ए जानु’ म्युजिक भिडिय..." A few seconds ago

सम्बन्धित खवर