‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक – Satabdi News

‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक

१८ साउन,काठमाडौ । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत छ ।

गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ फिचर्ड छन। नेत्र गुरुङको सम्पादन र निर्देशन रहेको भिडियोमा रोहन आशिभको कोरियोग्राफी छ ।

टेलिफिल्मका लेखक तथा निर्देशक बासुदेव पोखरेल हुन् । उनले अभिनय पनि गरेका छन् । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्म यही साउन २४ गतेबाट ओएसआरको युटुबबाट सार्वजनिक हुँदैछ। टेलिफिल्म निर्देशक घनश्याम लामिछाने र निर्माता मणिरत्न शर्माले मिलेर निर्माण गरेका हुन् ।

सिरियलमा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँ बीचको प्रेम द्धन्दलाई प्रस्तुत गरिएको छ । सधैं जमीन तिर मात्रै हेर्ने, साधारण मानिसले झै सीधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएको असाधारण व्यक्तित्व व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक बासुदेव पोखरेलले बताए ।

टेलिफिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, नबराज लामिछाने, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछाने लगायतका कलाकारको अभिनय छ ।

टेलिफिल्ममा सिद्वार्थ गौतमको छायांकन, क्यामुदिन मियाको सम्पादन र मिक्सिङ्ग, समीर मियाको कलर, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, सविन गायकको पोष्टर र टाइटल डिजाइन, राजकुमार त्रिखत्रीको पार्श्व संगीत छ ।

टेलिफिल्मको शिर्ष गीतमा किशोर सुबेदीको संगीत र गायन रहेको छ । अर्को गीतमा विकास चौधरीको संगीत र स्वर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु त..." A few seconds ago

सम्बन्धित खवर