कर्कले मामाको चौतारी’ सिरियलको ट्रेलर सार्बजनिक – Satabdi News

कर्कले मामाको चौतारी’ सिरियलको ट्रेलर सार्बजनिक

२९  जेठ, काठमाडौ । पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेका हुन् ।

ट्रेलरमा सिरियलका प्रमुख पात्रहरुलाई स्थान दिइएको छ । ट्रेलरमा दुई गाउँबीचको प्रेम युद्धलाई प्रस्तुत गरिएको छ । ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता तारिफयोग्य यथार्थ परक फिल्म निर्देशन गरिसकेका निर्देशक लामिछानेले यसै सिरियलमार्फत निर्माणमा हात हालेका हुन् ।

सिरियलमा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछने लगायतका कलाकारको अभिनय छ ।

सिरियलमा सिद्वार्थ गौतमको छायांकन, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, रोहन नेपालीको नृत्य छ । सिरियलको एक गीतमा नेत्र गुरुङको निर्देशन छ । सिरियलको शिर्ष गितमा किशोर सुवेदीको संगीत र अर्को गीतमा अराज केशबको शब्द संगीत र दिलिप श्रेष्ठको स्वर रहेको छ ।

Video Link: https://youtu.be/54zo5_WGCfc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कर्कले मामाको चौतारी’ सिरियलको ट्रेलर सार्बजनिक" A few seconds ago

सम्बन्धित खवर