मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’ – Satabdi News

मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’

२८ जेठ, काठमाडौ । निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आव्हन गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो ।

फिल्ममा यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ । उनी द्वन्द्व निर्देशक पनि हुन् । निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो basnetsamrat99@gmail.com तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले यो समयसीमा असार ७ गतेसम्म रहेको बताए ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ ।

यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ । राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । फिल्ममा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’" A few seconds ago

सम्बन्धित खवर