द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको पोस्टर सार्वजनिक – Satabdi News

द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको पोस्टर सार्वजनिक

माघ १, काठमाडौ । निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसरमा एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा सौगातको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को उपाधि दिइएको पोस्टरमा उनी एक कुकुरका साथमा स्टाइलिस लुक्समा प्रस्तुत छन् । फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन् ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । सौरभ स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ ।

फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ । निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ । दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्मको दुवै पार्टको स्क्रिप्ट भने तयार भैसकेको छ । आगामी बैशाखबाट सुटिङ सुरु गर्ने तयारी गरिएको फिल्म एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए ।

उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन् । यो फिल्मलाई उनले आफ्नो ‘डू एन्ड डाई’को रुपमा लिएका छन् । त्यस्तै, निर्माता मल्लले कथावस्तु सुनेपछि फिल्म निर्माणका लागि सहर्ष राजी भएको बताउँदै फिल्म स्तरीय बन्ने विश्वास व्यक्त गरे । हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको..." A few seconds ago

सम्बन्धित खवर