‘भ्वाइस अफ नेपाल’ को प्रसारण समय विश्वकप फुटबलको कारण साझ ७ बजे लाईभ प्रसारण – Satabdi News

‘भ्वाइस अफ नेपाल’ को प्रसारण समय विश्वकप फुटबलको कारण साझ ७ बजे लाईभ प्रसारण

१६ कार्तिक, काठमाडौं । यतिबेला फिफा विश्वकप फुटबलमा समूह चरणका अन्तिम खेल भइरहेका छन् । एउटै समयमा दुई खेल प्रत्यक्ष प्रसारण हुने भएपछि यसको प्रभाव टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रसारण समयमा पनि परेको छ ।

एकै समयमा दुई खेल प्रसारण गर्नुपर्ने भएपछि हिमालय टीभी एचडीले पनि विश्वकपका खेल प्रसारण गरिरहेको छ । जसकारण आज (शुक्रबार) प्रसारण हुने ‘द भ्वाइस’को लाइभ शो प्रसारणको समय तालिका फेरिएको छ ।

द भ्वाइस अफ नेपालले शुक्रबार सूचना जारी गर्दै २५ औं एपिसोड साँझ ७ बजेदेखि सुरु हुने जनाएको छ । आजकै एपिसोडदेखि उपाधि विजेता चुन्न भोटिङ पनि सुरु हुँदैछ । शुक्रबारको अन्तिम प्रस्तुतिसम्म भोटिङ लाइन खुला हुने जनाइएको छ । लाइभ शोमा अन्तिम १२ ट्यालेन्टबीच प्रतिस्पर्धा भइहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "‘भ्वाइस अफ नेपाल’ को प्रसारण समय विश्वकप फुटबलक..." A few seconds ago

सम्बन्धित खवर