भर्ने होइन त ? इस्टर्न हाइड्रोपावरको आइपीओ आजदेखि आवेदन खुल्ला – Satabdi News

भर्ने होइन त ? इस्टर्न हाइड्रोपावरको आइपीओ आजदेखि आवेदन खुल्ला

असोज २८, काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आज शुक्रबार असोज २८ गतेदेखि आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले आज कार्यालय समयदेखि कम्पनीको आइपीओमा अवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ५% अर्थात् ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले इस्टर्नको आइपीओलाई ‘केयर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ मंसिर २२ गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी मंसिर २१ गतेसम्म बाहल रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भर्ने होइन त ? इस्टर्न हाइड्रोपावरको आइपीओ आजदे..." A few seconds ago

सम्बन्धित खवर