घर फर्किन नपाउने लाहुरेको कथा – Satabdi News

घर फर्किन नपाउने लाहुरेको कथा

२२ असोज, काठमाडौं । चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ । कहिले उनको गीतले प्रेमको पीडा बोक्छ । उनै, गायकले दशैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतले खासगरी दसैँ र तिहार जस्ता चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई स्वर दिएको छ । यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ । दशैं तिहारमा घर जान नपाउने लाुहरेहरुको कथालाई गीतमा सर्लक्कै टिपिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाध्य नेपाली कसरी चाडबाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ ।

परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर मन बाँधेर बस्नु पर्ने परदेशिएका नेपालीको कथालाई गीतले दुरुस्त उतारेको छ ।

संगीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका छन् ।

हरि हुमागाईंले निर्देशन गरेको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ । यसपटक पनि उनले भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, थुप्रै संवाद पनि समावेश छ । भिडियोमा उत्तम हुमागाँइको छायांकन, हरिकै सम्पादन छ । भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ ।

भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "घर फर्किन नपाउने लाहुरेको कथा" A few seconds ago

सम्बन्धित खवर