नेपालको लज्जास्पद ब्याटिङ आठ रनमा अल आउट – Satabdi News

नेपालको लज्जास्पद ब्याटिङ आठ रनमा अल आउट

२१ जेठ, काठमाडौं | आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको छ ।

  • नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १-१ रनमा आउट भए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन् ।
    अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसा कुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनी शून्यमा आउट भएका छन् । युएईकी महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन् । इन्धुजा नन्दका कुमारले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएकी छिन् । सिमराले १ विकेट लिइन् ।
    नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । दुबै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालको लज्जास्पद ब्याटिङ आठ रनमा अल आउट" A few seconds ago

सम्बन्धित खवर