विश्वकप लिग टु अन्तर्गत युएईले स्कटल्याण्डलाई ५ विकेटले हराएको छ – Satabdi News

विश्वकप लिग टु अन्तर्गत युएईले स्कटल्याण्डलाई ५ विकेटले हराएको छ

अमेरिकामा जारी रहेको विश्वकप लिग टु अन्तर्गतको अमेरिका,युएई र स्कटल्याण्ड सम्लग्न सिरिजमा बिहान भएको खेलमा युएई विजयी भएको छ।युएईले स्कटल्याण्डलाई ५ विकेटले हराएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले पुरै ५० ओभरमा सबै विकेट गुमाएर मात्र १७१ रन बनाएको थियो।स्कटल्याण्डका लागि सफियान सरिफले ३० रनको सर्वाधिक ठुलो पारी खेलेका थिए। स्कटल्याण्डका लागि जर्जि मुन्सिले २९ रनको योगदान दिएका छन्। भने कलुम म्याकलोडले २० रन बनाए।

युएईका लागि कासिफ दाउद र कार्तिक मैयपनले समान २ तथा जावर फ्राईड,वासिल हमिद र अहमद राजाले समान १ विकेट लिए१७२ रनको सामान्य लक्ष्य युएईले ४४.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

युएईका लागि भृत्य अरभिन्दले ९८ बलमा ५४ रनको अर्धशतकीय पारी खेले।उनले यस क्रममा ५ चौका प्रहार गरेका थिए। ओपनर मोहमम्द वासिमले ३६ रन बनाए।यस क्रममा उनले ३ चौका र एक छक्का प्रहार गरेका छन्।जवर फरीद १९ बलमा ३२ रनको योगदान दिएका छन्।यस क्रममा उनले ३ चौका र दुई छक्का प्रहार गरेका छन्।चुन्दगापोयल रिजवानले ६४ बलमा ३० रनको योगदान दिएका छन्।

स्कटल्याण्डका सफियान सरिफले २ तथा क्रिस सोल,क्रिस ग्रेभ्स र कायल कोट्जरले समान १ विकेट लिए।यस जित पछि २१ खेलमा २४ अंक सहित युएई तेस्रो स्थानमा रहदा स्कटल्यमण्ड भने २० खेलमा २८ अंक सहित दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्वकप लिग टु अन्तर्गत युएईले स्कटल्याण्डलाई ५..." A few seconds ago

सम्बन्धित खवर