क्रोएसिया अष्ट्रियासँग पराजित – Satabdi News

क्रोएसिया अष्ट्रियासँग पराजित

२१ जेठ, काठमाडौं| युएफा नेसन्स लिगमा क्रोएसियाले लज्जास्पद हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत समुह चरणको पहिलो खेलमा क्रोएसिया अष्ट्रियासँग ३-० गोलले पराजित भएको हो।

क्रोएसियामा सम्पन्न खेलमा अष्ट्रियाका लागि मार्को अर्नाटोभिच, माइकल ग्रेगोरिट्स र मार्सेल स्याबिट्जरले समान १-१ गोल गरेका थिए। यसै समूह (समूह ए १) को अर्को खेलमा डेनमार्कले फ्रान्सलाई हराएको छ।

फ्रान्समै गएर डेनमार्कले २-१ गोलको जित निकालेको हो। डेनमार्कको जितमा आन्ड्रेयास कोर्नेलियसले दुई गोल गरे। फ्रान्सका लागि करिम बेन्जेमाले एक गोल फर्काएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "क्रोएसिया अष्ट्रियासँग पराजित" A few seconds ago

सम्बन्धित खवर