नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित – Satabdi News

नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित

२० जेठ, काठमाडौं |युएसए भ्रमण अन्तर्गत नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ। टेक्सासस्थित प्रेइरे क्रिकेट कम्प्लेक्समा गय राती अल-स्टार्सले ४ विकेटको जित हात पारेको हो।

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९१ रनको लक्ष अल-स्टार्सले ३३.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। अल-स्टार्सको जितमा विपुल शर्माले ५१ बलमा ५० र आन्ड्रियस गुसले ३३ बलमा ४५ रन बनाएका थिए। यस्तै उदय उदय कौलले १३ र मार्टिन कैनले १२ रनको योगदान गरे।

टोलीको सामान्य लक्ष जोगाउन कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे। सन्दिपले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ५ विकेट लिएपनि टोलीले जित निकाल्न सकेन। किशोर महतोको नाममा १ विकेट रह्यो।

त्यसअघि ब्याटिङमा नेपाल ४५.५ ओभरमा १९० रनको स्थितिमा समेटिएको थियो। नेपालका लागि अलराउन्डर आरिफ सेखले ७४ बलमा ६० रन बनाएका थिए। बिनोद भण्डारीले ५१ बलमा २६ रन जोड्दा देव खनालले ५६ बलमा २० तथा उपकप्तान रोहित पौडेलले २३ बलमा १६ रनको योगदान गरेका थिए।

नेपालको ब्याटिङलाई ध्वस्त बनाउन मार्टी केनले ६ ओभरमा ३६ रन दिएर ३ विकेट चट्काए। ७ ओभरमा २४ रन दिएका आदिल भाटी र ८ ओभरमा ४२ रन खर्चेका मोहम्मद इलियासको नाममा २-२ विकेट रह्यो। विपुल शर्मा र हरम्रित सिंहले १–१ विकेट लिए।

अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा जेठ २१ गते ह्युस्टन हरिकेन्ससँग खेल्नेछ। त्यसपछि जेठ २६ बाट आइसिसि विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएसए-नेपाल-ओमान एकदिवसीय त्रिकोणात्मक शृङ्खला सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा ..." A few seconds ago

सम्बन्धित खवर