मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाइ उपाधि – Satabdi News

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाइ उपाधि

१९ जेठ, काठमाडौं | कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो ।
दक्षिण अमेरिकी च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे । अर्जेन्टिनाको आक्रमणमा अधिकांश समय चलायमान देखिएका मेस्सीले २ असिस्ट दिँदा मार्टिनेजले पनि १ गोल निर्माण गरे । इंग्ल्यान्डको वेम्बली रंगशालामा पहिलो हाफमा नै टोलीले २-० को अग्रता लिएको थियो ।
खेलको २८ औं मिनेटमा अर्जेन्टिनाले मार्टिनेजको गोलमा अग्रता लिएको थियो । लिओनेल मेस्सीको कटब्याक पासमा मार्टिनेजले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले अग्रता दोब्बर पारे । उनले मार्टिनेजको थ्रु बललाई पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरे ।
दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले गोल गर्दै सहज जित पक्का गरे । मेस्सीले अगाडी बढाएको बललाई डिबालाले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । इटालीको डिफेन्सले फितलो प्रदर्शन गर्दा अर्जेन्टिनाले सहज जित दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाइ उपाधि" A few seconds ago

सम्बन्धित खवर