फिफा वल्र्ड कप २०२२ को ट्रफि सगरमाथाको चुचुरोमा – Satabdi News

फिफा वल्र्ड कप २०२२ को ट्रफि सगरमाथाको चुचुरोमा

१८ जेठ, काठमाडौं | विश्वको सर्वोच्च शिखर सगरमाथामा अभियान्ता नर्विन मगरले सेभेन समिट फर फिफा वल्र्ड कप २०२२ को ट्रफिको रिप्लिका सहित २११ वटा फिफा राष्ट्रका झण्डालाई फहराउनुभएको छ । सबैभन्दा कम उमेरका नेपाली युवा आरोही मगरको यो दोस्रो पटकको सगरमाथा सफल आरोहण रहेको बताइएको छ ।

नेपाली पर्यटनको प्रचार–प्रसारका साथै विश्वको सबैभन्दा ठुलो खेल विश्वकप फुटबलको अझै उचाई दिने अभियानको मुख्य उद्देश्य रहेको मगरले बताउँनुभयो । मगरले सगरमाथा मात्र नभएर सातै महादेशका सातवटा अग्ला शिखरमा २ सय ११ फिफा सदस्य राष्ट्रहरुको झण्डासहित मगरले नेपाली समय गत १३ गते बिहान ८ः३० बजे सर्वोच्व शिखर सगरमाथाको चुचुरोमा दोस्रो पटक पाइला टेक्न सफल  हुनुभएको हो ।  यस अभियानले विश्व सामु नेपाली खेलकुद र नेपाली पर्यटनको प्रवद्र्धन गर्ने र नेपालीको गौरव बढाउने हुदाँ सम्पुर्ण व्यक्ति, व्यापार, व्यवसायिक कम्पनी, विभिन्न संघसंस्था तथा निकायहरुलाई अभियानका लागि आर्थिक, भौतिक र नैतिक सबैखाले सहयोग गरिदिन समेत अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फिफा वल्र्ड कप २०२२ को ट्रफि सगरमाथाको चुचुरोमा" A few seconds ago

सम्बन्धित खवर