बेलबारीका निवर्तमान मेयर र उपमेयरले मतगणना स्थल मै गएर दिए बधाई – Satabdi News

बेलबारीका निवर्तमान मेयर र उपमेयरले मतगणना स्थल मै गएर दिए बधाई

जेठ ०६, बेलबारी । बिहान मत गणना समाप्त भए संगै मेयर र उपमेयर सहित सबै वडाका अध्यक्ष लगायत सदस्यहरु निर्वाचित भएका छन । नेकपा एमालेका मेयर पदका प्रत्यासी उम्मेदवार दिल प्रसाद राईले १६४२२ मत ल्याउदै आफ्ना प्रत्यद्वन्दी नेपाली काङ्ग्रेसका महेन्द्र सुवेदीलाई ८०२ मतले पछि पार्दै बिजयी भएका छन । त्यस्तै नेपाली काङ्ग्रेसका उप-मेयरका प्रत्यासी उम्मेदवार नितु थापा कोईरालाले १३७३१ मत ल्याउदै एमालेका तिल कुमारी निउपानेलाई १२६ मतले हराउदै बिजय भएकी छिन ।

यो जितको समाचार बाहिर सम्प्रेषण हुने बित्तिकै निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी र उप-मेयर ढाका पराजुली मतगणना स्थल मै पुगेर बधाई दिएका छन । साथै सफल कार्यकालको शुभकामना दिएका छन ।

अघिल्लो स्थानिय निर्बाचनमा ज्ञानेन्द्र सुवेदीले नेपाली काङ्ग्रेसका राज कुमार लिम्बू लाई मेयर पदमा झिनो मतान्तरले हराउदै मेयर जितेका थिए । यसैगरि उपमेयरमा ढाका पराजुलीले नेकाका रुकमनि धिमाललाई झिनो मतान्तरले हराएर उप मेयर बनेका थिए । यस स्थानिय निर्वाचनमा रुकमनि धिमाल नेपालि काँग्रेसबाट उप मेयर पदमा टिकेट नदिएपछि पार्टीबाट रुष्ट बन्दै स्वतन्त्र रुपमा उप-मेयर पदमा पुतली चुनाब चिन्ह लिएर उठेका थिए । धिमालले २९०७ मत ल्याएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका निवर्तमान मेयर र उपमेयरले मतगणना स्थल..." A few seconds ago

सम्बन्धित खवर