अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश – Satabdi News

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

चैत ०८, बेलबारी । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेका छिन् । मङ्गलबार काठमाडौँ बानेश्वर स्थित कार्की व्याङकुडटमा आयोजित विशेष कार्यक्रममा मानन्धर एमालेमा प्रवेश गरेकी हुन् । एमाले अध्यक्ष केपी ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका छन् ।

मानन्धरले एमाले पस्ने पहिलो कारणमा अध्यक्ष ओलीको ऊर्जाबाट आफू ‘ताज्जुब’ भएको बताइन् । एमालेले प्रतिपक्षका रूपमा निर्वाह गरेको सशक्त भूमिका र यसले परिवर्तनका लागि गरेको योगदानले पनि यतातिर लाग्न प्रेरित गरेको बताइन् । उनले भनिन्, ‘यो पार्टीमा किन त ? भन्ने कुरामा पहिलो अध्यक्ष ओली नै हुनुहुन्छ। उहाँलाई फुर्काउन भनेको होइन । नेता भनेको जनताको अगुवा हो । पथप्रदर्शक हो । त्यसमा क्षमता र कुशलता हुनुपर्छ । म ओलीको सक्रियता र ऊर्जाबाट ताज्जुब भएकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश" A few seconds ago

सम्बन्धित खवर