आज अन्तिम दिन नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने – Satabdi News

आज अन्तिम दिन नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने

१५ फाल्गुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । यसमा आज कार्यालय समयसम्म आवेदन दिन पाइनेछ । नेष्डोले फागुन ११ गतेबाट आइपीओ खुला गरेको हो । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार गत शुक्रबार फागुन १३ गते दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ जनाले २ करोड १६ लाख ६८ हजार ६१० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

नेष्डोले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज अन्तिम दिन नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने" A few seconds ago

सम्बन्धित खवर