इमर्जिङ नेपालको आईपीओको बाँडफाँड – Satabdi News

इमर्जिङ नेपालको आईपीओको बाँडफाँड

४ फाल्गुन, काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले आज दिउँसो ३ः३० बजे एक कार्यक्रमबीच इमर्जिङ नेपालको बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको बिजुलीबजारस्थित कार्निभल रेष्टो एन्ड मिटिङ्समा गरिएको छ।

यो कम्पनीले गत माघ २६ गतेबाट फागुन १ गतेसम्म ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

क्यापिटलका अनुसार यो आईपीओमा कुल २३ लाख ३१ हजार २५८ आवेदकले कुल २ करोड ६४ लाख ३० हजार ३३० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख २८ हजार ७०६ आवेदकबाट माग भएको २ करोड ६४ लाख १ हजार ९७० कित्तामात्रै सदर भएको छ। जसअनुसार २ हजार ५५२ आवेदकबाट माग भएको २८ हजार ३६० कित्ता सेयर बदर भएको छ।

सदर आवेदकमध्ये गोलाप्रथाबाट ५१ हजार ७६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यिनै आवेदकबाट २० कित्ताभन्दा बढीले आवेदन दिएकाहरुमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर पाएका छन्।

कुल सदर आवेदकमध्ये २२ लाख ७९ हजार ४९८ आवेदकको हात खालि भएको छ।

यो आईपीओ ५१.५१ गुणाले ओभरसब्साइक्राइब्ड भएको क्यापिटलले जनाएको छ।

यो आईपीओको अन्तिम नतिजा एनआईसी एसिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ वा सीडीएसीको https://iporesult.cdsc.com.np/ वा https://meroshare.cdsc.com.np हेर्न सकिनेछ। अन्तिम नतिजा केहीबेरमै राखिने क्यापिटलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इमर्जिङ नेपालको आईपीओको बाँडफाँड" A few seconds ago

सम्बन्धित खवर